नेपालमा योजनावद्ध विकासको प्रक्रिया वि. सं. २०१३ साल देखि सुरु भएको हो । आरम्भदेखि नै राष्ट्रिय विकासका नीति तथा योजनाहरुको जोड मुख्यतः भौतिक पूर्वाधारहरु र सामाजिक सेवाहरुको विकास र विस्तारमा रहँदै आएको थियो । बैदेशिक सहयोगबाट प्राप्त विकास बजेटको करिव ७० प्रतिशत यिनै प्रमुख क्षेत्रहरुमा लगानी गरिएको छ । तर विगत ६ दशकको नेपालको विकासको अनुभव मिश्रित प्रकारको रहेको छ ।
धेरै क्षेत्रहरुमा देशले उल्लेखनीय प्रगति हासिल गरेको छ भने केहि क्षेत्रहरुमा सीमित रुपमा मात्र प्रगति हुन सकेको छ । सडक यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । धेरै सामाजिक आर्थिक सूचकहरुमा सुधार आएको छ । गरिवीको अवस्थामा पनि सुधार आएको छ ।
नेपाल जीवनस्तर सर्वेक्षण, २०११ अनुसार खानाको राष्ट्रिय औसत किलोक्यालोरी खपत प्रतिव्यक्ति २५३६ किलोक्यालोरी प्रतिदिन रहेको छ, जुन नेपाल सरकारले निर्धारण गरेको आवश्यक दैनिक न्यूनतम औसत दर २२ सय ५० किलोक्यालोरी भन्दा बढी छ । तथापी, लगभग देशभर कमजोर आहार बिबिधता गंभिर समस्याको रुपमा रहेको छ; ग्रामीणक्षेत्रका ८४ प्रतिशत भन्दा बढी घरपरिवारले सधै एकै किसिमको मुख्य आहार खान्छन उनीहरुले खाने ६० प्रतिशत क्यालोरी यस्तो आहारबाट प्राप्त हुन्छ र आधाभन्दा बढीले ५२ प्रतिशत सधै एकै किसिमको मुख्य आहार निकै खाने गर्दछन उनीहरुले खाने ७५ प्रतिशत क्यालोरी यस्तो आहारबाट प्राप्त हुन्छ ।
विगतका विकास प्रयासको अत्यन्त कम प्रभाव परेको एउटा महत्वपूर्ण क्षेत्र दीर्घ कुपोषण हो जसले देशको सामाजिक आर्थिक विकास र सह्रशताब्दी विकास लक्ष्य प्राप्तितर्फ भएको उपलब्धिलाई नकारात्मक असर पार्नसक्नेछ । यसैले नेपाल सरकारले सन् २००९ मा पोषणको लेखाजोखा र रिक्तता विश्लेषण गरी पोषणको विषयलाई अघि बढाउँदै आएको छ । उल्लेखित अध्ययनका सुझावहरुमध्ये एक प्रमुख सुझाव आमा तथा शिशुहरुमा विद्यमान न्यून पोषणको स्थितिलाई न्यूनीकरण गर्न एक बहुक्षेत्रीय पोषण कार्य योजना तयार गर्ने भन्ने थियो ।
नेपाल सरकारले प्रस्तुत बहुक्षेत्रीय पोषण योजना देश र जनताको पोषणको स्थितिमा सुधार गर्ने कार्यलाई तीव्रता दिनका लागि तयार गरेको हो । यो योजना सह्रशताब्दी विकास लक्षको प्राप्ति र सरकारका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पुरा गर्नका लागि मात्र होइन स्वस्थ र प्रतिस्पर्धात्मक मानव पूँजिको विकास तथा दिर्घ रुपमा अन्तरपुस्ता गरिबीको दुश्चक्र तथा न्यून पोषणलाई तोड्ने क्रममा समेत सहायक हुने अपेक्षा गरिएको छ ।
पोषिला खानेकुरा के र किन ?
भनिन्छ स्वस्थ बालक र समृद्ध नेपाको निर्माणका लागि स्वास्थ्य बर्दक र पोषीला खाने कुराको प्रयोग गर्न आवश्यक हुन्छ । यस्ता खालका पोषीला र स्वास्थ्य व्रद्र्धक खानेकुरा हाम्रै घर आसपासमा र हामी संगै भएपनि त्यस्ता बस्तुको प्रयोग गर्न नजान्दा त्यत्किै खेर गैरहेका छन् । विशेष गरि स्वास्थ्य व्रद्र्धक र पोषीला खानेकुरा भन्नाले हरिया साग पात हरु जस्तै रायो, पालुङ्गो, तथा सिस्नु लगाएतका परिकारहरुका साथै अन्नहरु कोदो मकै, गहुँ, मार्से, लगाएतका रैथाने जातको बालीहरु पर्दछन् ।
तर हामीले यस्ता सागपात र वालीको फाईदाको बारेमा जानकारी पाउन नसक्दा हामीले बजारमा पाईने म्याद सकिएका अखाद्यय बस्तुको प्रयोग गरिरहेका छौँ । त्यस्तैले स्वस्थ आमा र स्वास्थ्य बच्चको लागी पोषणयुक्त खानेकुराको प्रयोगमा वृद्धि गर्नुपर्ने हुन्छ ।
तरकारी खेतीमा बढ्दो आकषर्ण
जिल्लाका विभिन्न गाँउ विकास समितिमा यतिखेर धेरै जसो व्यक्तिले आफ्नो परिवारको लागी आवश्यक पर्ने विभिन्न जातका फलफुल तथा तरकारी खेती आफै गर्ने गरेका छन् । पोषीला खाने कुराको प्रयोग गर्नुपर्छ भन्ने समुदाय स्तरमा सबैले बुझेपछि अहिले पोषण युक्त खाने कुराको प्रयोगका लागी तकारी खेती गरिरहेका छन् ।
बडिमालीका नगरपालीका वडा नम्बर ९ का किसान नर प्रसाद जैशीका भन्छन्, मैले सोना ठाँउ भएपनि विभिन्न जातका धरै तरकारी उत्पादन गरेँ, कहिले काँही बेमौसमी तरकारी पनि उत्पादन गरेँ, यसले गर्दा मेरो परिवारको खर्च पनि चलेको छ, आफुलाई खानको लागी पनि छ । गत वर्ष मात्र करिब १२ हजार बढिको तरकारी बेचेको हु । त्यस्तै बडिमालीका नगरपालीका वडा नम्बर ४ रजालीमा पनि धेरै जसो किसानहरु तरकारी खेतीमा लागी रहेका छन् ।
जिल्ला कृर्षी विकास कार्यालय बाजुराले दिएको जानकारी अनुसार हाल कुल खेती योग्य जमिनको ५ सय ६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जसमा हिँउदे तरकारी ३ सय ४३ हेक्टर र बर्षे तरकारी २ सय १७ हेक्टर क्षेत्रफलमा गरिएको छ । गत वर्ष जिल्लामा जम्मा ३ सय ४३ हेक्टर जमिनमा तरकारी खेती गरिएको भएपनि आर्थिक वर्ष २०७१।०७२ को समाप्तीमा जिल्लामा २ सय १७ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने किसानको संख्यामा वृद्धि भएको कृषि विकास कार्यालय बाजुराका योजना अधिकृत डम्मर दत्त भट्टले जानकारी दिएका छन् ।
बाजुरामा पोषण-कुपोषणको अवस्था
आर्थिक वर्ष २०७१।०७२ बाट बाजुरा जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागु भएको छ । बाजुरा जिल्लामा पोषणको स्थितिमा सुधार गर्नेका लागि यो कार्यक्रम लागु भएको छ । जिल्लामा रहेका रहेका गर्भवती आमा र सुनौला हजार दिन भित्रका बालबालीकाको स्वास्थय अवस्थामा सुधार ल्याउन र पोषणयुक्त खानेकुराको प्रयोगमा वृद्धि गर्ने मुख्य लक्ष्य रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०।०७१ को अन्तिमतिर बाजुरा जिल्लामा प्रति १०० मा ७ जना बालबालीका कुपोषीत भएको तथ्याङ्कक रहेको छ । तर आर्थिक वर्ष २०७१।०७२ को अन्तिम सम्म जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा प्राप्त भएको तथ्याङ्क अनुसार ७ हजार ३ सय ९३ बालबालीका मध्ये ८२ जना अतिजोखीम, ४ सय ८४ जना बालबालिका जोखीममा र ७ हजार १ सय २७ बालबालीका पोषणको अवस्थामा सामान्य रहेको पाईएको छ ।
जुन विगतको भन्दा केही कम भएको जिल्ला स्वास्थय कार्यालय बाजुराको सिनियर अहेव रामचन्द्र यादवले बताउनु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७१।०७२ मा जिल्ला भर स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुको संख्या २ हजार ९८ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनमी शर्मीला शाहले दिएको जानकारी अनुसार हाल जिल्लामा अनुमानीत ३ हजार ५ सय ७७ गर्भवती आमाहरु रहेको पाईएको छ ।
गर्भअवस्थामा पोषणयुक्त खानेकुराको प्रयोगको अवस्था
बाजुरा जिल्लामा विभिन्न गाँउ विकास समितिमा बहुक्षेत्रीय पोषण योजना लागु भैसकेपछि गर्भवती र सुत्केरी आमाहरुमा पोषीला खानेकुराको प्रयोगमा वृद्धि भएको छ । बडिमालीका नगरपालीका वडा नम्बर १ टुनिका सावित्री विक भन्छन्, आफु गर्भवती भएको ६ महिना पुरा भैसक्यो ।
दुई पटक स्वास्थ्य कार्यालयमा गर्भजाँच गराउन गएको छु । हिजो आज मैले साविकको भन्दा केही बढि खाने कुरा खाने गरेको छ । बाहिर बाट किनेर ल्याउने पैसा छैन, वारीमा तरकारी लगाएको छ, आफ्नै घरमा कोदो पाईन्छ त्यसैको प्रयोगबाट जाउलो बनाएर खान तथा अन्य विभिन्न भिटामीन युक्त खानेकुरा खाने गरेकी छु । वर्षले २१ लागेकी सावित्री थप्छन् हामी हाम्रै घर वरीपरि पाईने सिस्नुको बारेमा जानकारी पाएका रहेनौ छौ, जव पोषणयुक्त खानेकुराको प्रयोग गरौँ भन्ने एक तालीममा भौन्यारामा सहभागी भँए त्यसपछि म हप्तामा एकपटक कम्तिमा पनि सिस्नु खाने गरेको छ ।
सावीत्रीकी सासु चुफी विक भन्छन्, पहिला हाम्रा दिनमनी कुवत बार्ने चलन छियो, रायो, पालुङ्गो, सैनु खान पाँईदैन छियो, बुका रोटीमा नुन चोबेर खानु पथ्र्यो, हामी समस्यामा छियाँ यो सबै हामीले था नपाईकन भयाको रयोछ भन्ने थाहा भयाको छ । चुफी थप्छन् मैले गर्भअवस्थामा लुकी लुकी माटो खाएपनि मेरी बुहारीलाई आज भोली हरिया साथपात सिन्स्नु लगाएतका विभिन्न पोषणयुक्त खानेकुरा बनाएर दिने गरेकी छु । पोषण कार्यक्रमले गर्दा हामीलाई रामै्र गरेको छ हजुर, आँखा खोलीयाको छ । त्यस्तै अन्य सुत्केरी तथा गर्भवती आमाहरु प्नि पोषीला खानेकुराको प्रयोग गर्ने क्रममा बढ्दो क्रममा रहेका जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
गाँउ गाँउमा करेसावारीको विस्तार बढ्दो ।
घरमा आफ्नै बारी छ, चाहेको बेला ताजा तरकारी खान मिल्छ । कोटीला गाँउ विकास समिती वडा नम्बर ८ कि प्रेमा विष्टलाई यति खेर समयको अभाव छ । अर्गानिक तरकारी खेतीमा लागेकी उनि भन्छिन्, “ म छकालै उठ्दी छु, घरको दँतारीम्बाको बारीमा मैले तरकारी लगायाकी छौ, आजभोली तरकारीमा हाल्ने मल पनि गाँउकै हाल्नाले राम्रै फल्याको छ, छकालै बेच्नको लागी कोल्टि झाँदो छु, दिउसो घरको अरु काम गर्दौ त्यसपछि बासाबेरी फेरी त्यही बारीमा काम गर्दौ छु । यसले मलाई पनि खान पुग्याको छ परिवारको खर्च पनि चल्याको छ ।”
प्रेमा फेरी थप्छन् गाँउ घरमा आफ्नै करेसावारी बनाएर विभिन्न जातका ८ प्रकारका तरकारीको विउपनि उत्पादन गरेको छु । कोटिला गाँउ विकास समितिमा तरकारी खेती गर्न चाहाने अरुलाई मागेपछि तरकारीको विउ विक्रि गर्ने गरेको छ । यसले गर्दा मेरो आम्दानी पनि राम्रै छ । अन्य कुनै आम्दानीको स्रोत छैन, यसैबाट आएको रकमले मैले आफ्ना सन्तानको स्कुलमा लाग्ने शुल्क तिर्न सकेको छु भने, परिवारका सदस्य लाई लुगा फाटो पनि यसैबाट फेर्ने गरेको छु । तरकारी खेतीबाट आएको रकम मध्ये प्रत्येक महिनाको रु १० बचत गर्ने गरेका छौँ, अहिले समुहको बचत ६ हजार बढि पुगी सकेको छ ।
गर्भवती लाई सहज सेवा प्रवाहका लागि आमा समुहमा बचत
कोटीला गाँउ विकास समिति वडा नम्बर ८ मा कालीका महिला पोषण समुह गठन गरिएको छ । सो समुहमा गाँउका विवाहीत महिलाहरुले मासिक रुपमा रु १० जम्मा गर्ने र समुह भित्रको जो सुकैलाई पनि सुत्केरी बेथा लागेमा वा विरामी भएमा अर्थात अन्यत्र लैजानु पर्ने अवस्था आएमा सहुलीयत व्याजमा ऋण लगानी गर्ने गरेका छन् । समुहमा १० रुपैयाँ जम्मा गर्ने गरेकाले गर्भवती आमा सुत्केरी हुदा सहज हुने गरेको समुह अध्यक्ष प्रेमा विष्टले बताईन् ।
जीवन बदलिएको छ ।
बाह्रविस गाँउ विकास समिति वडा नम्बर ४ सिँगाडाका पार्वती बुढा भन्छन्, आजभोली मेरो घरमा नियमितरुपले हरियो सागपात, पहेँला फलफूल र माछा मासु, दूध, दही खानामा उपलब्ध हुने गरेको छ । आर्थिक स्थिति कमजोर भएको कारण बाहिरबाट किन्न नसकिए पनि आफ्नै खेतबारीमा साग तरकारी लगाएतको छु, कुखुरा तथा गाई भैँसी पाल्ने गरेका छौँ ।
अहिले मेरो बारीमा प्याज, टमाटर, आलु, लशुन, धनिया र मौसम अनुसारको साग फल्ने गरेको छ । मैले यसपाली मात्र रु. १२,००० को १५० किलो ग्राम प्याज, रु. ७५०० को ३०० किलो ग्राम आलु र रु. १५०० अन्य विभिन्न प्रकारका तरकारी विक्रि गरेकी छु । घर परिवारले खाएर बिक्री गरेको मात्र परिमाण हो यो । यसका अतिरिक्त पालुंगो, चम्सुर जस्ता हरिया सागपात अफुले खाएर बाँकी आफ्नै होटलमा प्रयोग गरेकी हुँ ।
विभिन्न सम्बेदनशील समयमा सफा पानी र साबुनले मिचि मिचि हात धुने गरेका छौँ । महिनावारी भएको बेला पहिले जस्तो छुट्टै बस्नु परेको छैन तर पनि अलिकति भेदभाव भने कायम नै छ । “पार्वती बुढाले पोषण कार्यक्रम अन्र्तगत संचालीत विभिन्न क्रियाकलापले आफ्नो जीवनमा महत्वपूर्ण परिवर्तन गरेको र सासु ससुरा र श्रीमान्को समेत सहयोग रहेको हामीले पाएका छौँ” भन्नु हुन्छ महिला स्वास्थ्य स्वयंसेविका टीका जैशी ।