लगानी कोष, एनसिएम मर्चेन्ट र एनएमवी क्यापिटलबीच सम्झौता

लगानी कोष, एनसिएम मर्चेन्ट र एनएमवी क्यापिटलबीच सम्झौता

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, ३० भदौ । नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेडबीच जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सर्वसाधारणको लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न आज बिक्री प्रबन्धक सम्झौता भएको छ ।

जलविद्युत् कम्पनीको एक सय रुपैयाँ अङ्कित रु दुई अर्ब बराबरको दुई करोड कित्ता सेयर निष्काशन गर्न कोषले सह–निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीसँग सम्झौता गरेको हो ।

कोषले गत वर्ष पुस ६ गते जलविद्युत् लगानी तथा विकास कम्पनीसँग सेयर निष्कासन सम्झौता गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिनुभयो । जलविद्युत् कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लगानी कोष रहेको छ ।

सेयर सह–निष्कासन सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल, एनसिएम मर्चेन्ट बैंकिङको तर्फबाट विजयलाल श्रेष्ठ र एनएमवी क्यापिटलको तर्फबाट श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी