NTC ले ल्यायो रु ५० को रिचार्ज फेरि बजारमा

NTC ले ल्यायो रु ५० को रिचार्ज फेरि बजारमा

  • सोमवार, भदौ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, २८ भदौ ।

नेपाल टेलिकमले फेरी ५० रुपैयाँको रिर्चाज कार्ड बजारमा ल्याएको छ । टेलिकमले ५० रुपैयाँको ‘एनटी रिर्चाज कार्ड’ बजारमा ल्याएको हो । प्रिपेड र पोष्टपेड मोबाईलका लागि प्रयोग गर्न सकिने गरी ५० रुपैयाँको रिर्चाज बजारमा ल्याईएको टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले बताउनुभयो ।

एक वर्षदेखि ५० रुपैयाँको रिर्चाज बजारमा नल्याएको टेलिकमले आर्थिक अवस्था कमजोर भएका ग्राहकको सुविधालाई ध्यानमा राखेर ५० रुपैयाँको रिर्चाज बजारमा सहज रुपमा उपलब्ध गराउन लागेको सह(प्रवक्ता अधिकारीले जानकारी दिए ।

५० रुपैयाँको एनटी रिर्चाज कार्ड प्रिपेडका लागि प्रयोग हुन सक्ने भएपनि तत्काल पोष्टपेडका लागि प्रयोग गर्न नसकिने अधिकारीको भनाई छ । सिस्टम व्यवस्थापन भइरहेकोले यो सेवा दुई हप्ता भित्रै सुरु हुने टेलिकमले जनाएको छ ।

यसैगरी टेलिकमले आगामी दुईहप्ताभित्रै ५० रुपैयाँको नमस्ते रिर्चाज कार्ड पनि बजारमा ल्याउने भएको छ । आगामी दशैंसम्म सबै किसिमका रिर्चाज कार्ड बजारमा सहज रुपमा उपलब्ध हुने टेलिकमको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी