कुनै पनि हालतमा संविधान निर्माण प्रक्रियालाई सफल बनाउँछौँ – अध्यक्ष दाहाल

कुनै पनि हालतमा संविधान निर्माण प्रक्रियालाई सफल बनाउँछौँ – अध्यक्ष दाहाल

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २७ भदौ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संविधानसभाको आजको बैठकमा उहाँले ६५ वर्षपछि ठूलठूला बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने चरणमा प्रवेश गरेको बताउनुभयो । सम्पूर्ण जातजाति भाषाभाषीको प्रयासस्वरुप शान्ति प्रक्रियाको अभिन्न अंगका रुपमा संविधानसभामार्फत संविधान जारी गर्ने अवस्थामा आइपुगेको उहाँको कथन थियो ।

पहिलो संविधानसभा संविधान जारी नगरिकन विघटन भएको, तथा दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुन नदिन विभिन्न चलखेल भएको चर्चा गर्दै अध्यक्ष दाहालले भन्नुभयो – “धेरै किसिमका चलखेल हामीले देख्यौँ, फेरि पनि नेपाली जनता आफ्नो भाग्य र भविष्यको फैसला गर्न सक्षम छैनन्, नेपाली राजनीतिक दल आफ्नो इतिहास र बलिदानको औचित्य सावित गर्न सक्षम छैनन् भन्ने आशङ्का पैदा भएको छ । यसलाई हामी राजनीतिक दलले परास्त गर्नै पर्छ ।”

पश्चिम नेपालको थारु समुदाय र मधेसमा भएको आन्दोलन पहिचान र अधिकार गुम्ने हो कि भन्ने चिन्ता लुकेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनता पार्टी र संविधानसभालाई असफल तुल्याउन खोज्नेप्रति सतर्क रहनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

तराई मधेसमा राज्यले टाउकोमा नै ताकेर गोली हानेको भन्ने आएको छ, अर्को्तिर घाइते भएका प्रहरीलाई थुतेर हत्या गरिएको छ, यसले हामीलाई गम्भीर बनाएको छ उहाँले भन्नु भयो । अध्यक्ष दाहालले केही मधेसवादी दलले राख्दै आएको धारणा उल्लेख गर्दै भन्नुभयो – “मधेसवादी दलका नेताले अब तराई मधेसलाई अधिकार होइन, छुट्टै राज्य बनाउने भन्ने धारणा राखेको भन्दै त्यो आत्मघाती र राष्ट्रघाती सोच हो ।

काठमाडौँ निर्माणमा मधेसी समुदायको ठूलो योगदान भएकाले यहाँबाट अलग हुने होइन, अंश र अधिकार लिन सल्लाह दिन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी