भदौ मसान्तभित्रै नयाँ संविधान जारी हुन्छ : मन्त्री बस्नेत

भदौ मसान्तभित्रै नयाँ संविधान जारी हुन्छ : मन्त्री बस्नेत

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२७ भदौ ।

उद्योगमन्त्री महेश बस्नेतले भदौ मसान्तभित्रै नयाँ संविधान आउने दाबी गर्नुभएको छ ।

नेकपा एमाले चाँगुनारायण नगर कमिटीले आज यहाँ आयोजना गरेको तीज कार्यक्रममा उहाँले भदौ मसान्तभित्र संविधान ल्याएर असोज पहिलो हप्तासम्ममा संविधान घोषणा गरिसक्ने बताउनुभयो ।

आन्दोलनरत दललाई संविधान निर्माण प्रक्रिया नै रोकेर वार्ताका लागि आह्वान गरेको बताउँदै उहाँले वार्तामा आए पनि नआए पनि संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अवैध पैसाको भरमा तराईलाई आतंकित पार्न खोजिएको आरोपसमेत लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी