संबिधान सभामा परिमार्जित विधेयक माथि मतदान गर्ने तयारी / बिहान बोलाइएको बैठक अझै सुरु हुन सकेन

संबिधान सभामा परिमार्जित विधेयक माथि मतदान गर्ने तयारी / बिहान बोलाइएको बैठक अझै सुरु हुन सकेन

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २७ भदौ ।

संविधानको परिमार्जित विधेयक माथि आजबाट संविधान सभामा मतदान गर्ने तयारी गरीएको छ । असन्तुष्ट पक्षसंग बार्ता गर्ने भन्दै २ दिन स्थगीत भएको संबिधान सभा बैठकमा आजबाट मतदान प्रक्रिया सुरु हुने संविधानसभा सचिवालयले जनाएको छ ।

बिहान साढे ११ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख दलका शिर्ष नेताहरुलाई सम्बोधन गर्ने कार्यसुची रहेको छ ।

त्यस्तै संविधानसभालाई प्रधानमन्त्री सहित एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दहाल र राप्रपा नेपाललका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने बताइएको छ । प्रमुख तिन दल नेपाली काँगे्रस, नेकपा एमाले र एनेकपा माओवादीले मतदानमा भाग लिन आ आफ्ना सभासदहरुलाई निर्देशन दिइसकेका छन ।

गत शुक्रबारदेखि नै संशोधन प्रस्तावमाथि मतदानको प्रकृया सुरु गर्ने तयारी रहेपनि प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकले असन्तुष्ट पक्षसंग वार्ता गर्न मतदानको प्रकृया तत्काल स्थगन गरि प्रक्रिया स्थगीत गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी