सिराहामा प्रदर्शनकारीको गोली लागेर प्रहरी जवान घाइते

सिराहामा प्रदर्शनकारीको गोली लागेर प्रहरी जवान घाइते

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २७ भदौ ।

सिराहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि खुलाउने क्रममा प्रदर्शनकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राई घाइते भएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिनुभयो ।

दाहिने पाखुरामा गोली लागेका राईको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । लुकेर बसेको आन्दोलनकारीको सम्हले प्रहरीमाथि गोली चलाएको प्रमुख जिल्ला अधिकारी विकेको भनाई छ । घटनामा प्रहरीले चार राउण्ड फायर गरेको छ ।

प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै मधेशी मोर्चाले सिराहामा लामो समयदेखि जारी राखेको बन्दले त्यहाँको जनजीवन अतिकष्टकर बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी