काठमाडौँ, २७ भदौ ।
नेकपा एमालेले आफना सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि काठमाण्डौ बाहिर नजान र संविधानसभा नछोड्न सभासद्लाई निर्देशन दिएको छ ।
बैठकपछि एमालेका सभासद् गंगालाल तुलाधरले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासद्लाई संविधान निर्माण प्रक्रियामा भाग लिन र सहभागी हुनका लागि आग्रह गर्ने निर्णय गरेको बताउनु भयो ।
बैठकमा संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखन प्रक्रियालाई पूर्णरुपमा सफल बनाउन एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिनुभएको सभासद तुलाधरले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline