काठमाडौ २७ भदौ ।
नेपाली काग्रेसले संविधान निर्माणमा आजबाट सुरु हुने भनिएको प्रक्रिया नरोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको काग्रेस पदाधिकारीहरुको बैठकले जनताको चाहना अनुसार संविधान जारी गर्नुपर्ने भन्दै प्रक्रिया नरोक्ने निष्कर्ष निकालेको हो ।
दुई दिन सम्म संबिधान सभा स्थगित गरेर असन्तुष्ट पक्षलाई बार्तामा आउन आग्रह गरेपनि असन्तुष्ट पक्ष गम्भीर नभएको भन्दै अब काग्रेस कुनै पनि बहानामा संविधान निर्माण प्रक्रिया नरोक्ने निष्कर्समा पुगेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
यद्यपि पौडेलले संविधानजारी गर्ने प्रक्रिया अगाडि बढ्ने र विचमा कुनै समस्या आए त्यसलाई समाधान गर्दै जाने जनाकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline