काठमाडौ २७ भदौ ।
प्रदेश सिमांकन लगायत संविधान निर्माणको विविधि बुँदामा असनतुष्टी जनाउदै आन्दोलरत दलसँगको वार्ता र संविधान निर्माण प्रक्रियाका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ ।
बैठक प्रधानान्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि बिहान ८ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण सारिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रमुख राजनितिक दल कांग्रेस , एमाले र एकिकृत नेकपा माओवादीका शिर्ष नेता सम्मिलित बैठकमा तराई मधेशमा जारी आन्दोलन सम्बोधनका लागि गर्न सकिने पहल र संविधान सभामा जारी संविधान निर्माण प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ ।
संविधान निर्माणमा सु हुने भनिएको प्रक्रिया दुई दिन स्थगित गर्दा पनि मधेशी मोर्चाले वार्तामा बस्न अस्विकार गरेपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।