काठमाडौं, २७ भदौ ।
संविधानको परिमार्जित विधेयक माथि आजबाट संविधान सभामा मतदान हुदै छ ।
कुनै अनपेक्षीत निर्णय नभए आज बस्ने दोस्रो चरणको संविधानसभाको बैठकबाट मतदान प्रक्रिया सुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख दलका शिर्ष नेताहरुलाई सम्बोधा गर्ने कार्यसुची रहेको छ ।
त्यस्तै संविधानसभालाई प्रधानमन्त्री सहित एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दहाल र राप्रपा नेपाललका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने बताइएको छ ।
प्रमुख तिन दल नेपाली काँगे्रस, नेकपा एमाले र एनेकपा माओवादीले मतदानमा भाग लिन आ आफ्ना सभासदहरुलाई निर्देशन दिएका छन ।
गत शुक्रबारदेखि नै संशोधन प्रस्तावमाथि मतदानको प्रकृया सुरु गर्ने तयारी रहेपनि प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकले असन्तुष्ट पक्षसंग वार्ता गर्न मतदानको प्रकृया तत्काल स्थगन गरि प्रक्रिया स्थगीत गर्ने निर्णय गरेको थियो ।