धनगढी, २७ भदौ । भारतीय राजदूत रणजीत रायले सङ्घीय प्रदेश निर्माणमा कैलालीलगायत जिल्लाको भूगोल टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरले विरोध गरेको छ ।
अखण्ड सुदूरपश्चिम पक्षधरले शनिवार पत्रकार सम्मेलन गरी कूटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको छ ।
पत्रकार सम्मेलनमा अखण्ड सुदूरपश्चिम आन्दोलनका नेताद्वय गोपाल देउवा र हरि रेग्मीले आफूहरुको आन्दोलन कुनै जात वर्गको लागि नभई सुदूरपश्चिमको समृद्धिका लागि भएको भन्दै यस क्षेत्रका नौ जिल्लालाई टुक्र्याउने प्रयास गरिए पुनःआन्दोलनमा जान बाध्य हुने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline