सत्तापक्ष र प्रतिपक्षवीच आज पनि औपचारिक वार्ता हुन सकेन

सत्तापक्ष र प्रतिपक्षवीच आज पनि औपचारिक वार्ता हुन सकेन

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, २६ भदौ ।

आन्दोलनरत दलहरुसँग वार्ताका लागि भन्दै संविधानसभाको प्रक्रिया रोकिए पनि आज दिनभरि सत्तापक्ष र प्रतिपक्षवीच औपचारिक वार्ता हुन सकेन ।

आन्दोलनरत पक्षका नेताहरु र एमाओवादी नेताले समेत सहमतिका लागि समय नपुगेको भन्दै संविधानसभाको प्रक्रिया थप केही दिन लम्ब्याउन माग गरेका छन् ।

शनिबार सत्तापक्ष र आन्दोलनकारीवीच केही अनौपचारिक छलफल भए पनि औपचारिक वार्ता हुन सकेन । राजधानी आएका उपेन्द्र यादव दिनभरि भोजपुरतिर लाग्नुभयो । राजधानी आएका तमलोपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका नेताहरुसँग शनिबार अनौपचारिक वार्ता गर्नुभयो ।

त्यस्तै एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले दुई चार दिन समय लम्ब्याउँदैमा आकाश खस्दैन भन्दै केही दिन स्रक्रिय रोकेर भए पनि समहति खोज्नुपर्ने सार्वजनिक प्रतिक्रिया दिनुभएको छ ।

शनिबार विहानैदेखि सत्तापक्ष र आन्दोनरत पक्षसँग अनौपचारिक सम्वाद गरेका डा. भट्टराईले संविधानसभाको प्रक्रिया थप लम्ब्याउन माग गर्नुभएको छ ।

त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामेश्वर राय यादवले पनि सहमतिका लागि समय नपुगेको भन्दै संविधानसभाको प्रक्रिया थप केही दिन लम्ब्याउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी