काठमाडौं, २६ भदौ ।
आन्दोलनरत मधेशी मोर्चाको एक प्रमुख दल सद्भावना पार्टीका बरिष्ठ उपाध्याक्ष नवलकिशोर साहले वर्तमान आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ
मधेसी पत्रकार संघले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा साहले यस्तो बताउनु भएको हो ।
उपाध्यक्ष साहले कतिपय सरकारकै मन्त्री तथा ठूला दलका नेताहरुको अभिव्यक्ति मधेस आन्दोलनलाई लक्षित गरी आइरहेका भन्दै मधेसमा ३६ हजार व्यक्ति अधिकारका लागि बलिदान दिन तयार रहेको दाबी गर्नुभयो
अधिकार प्राप्तीको आन्दोलनमा आफूहरु कहिले पनि मानविय क्षतिको पक्षमा नरहेको बताउँदै साहले राज्यले नै आन्दोलनलाई उग्र पारेको आरोप लगाउनुभयो ।
आन्दोलन आफुहरुको रहर नभई बाध्यता रहेको स्पष्ट पार्दै साहले बहुमतको दम्भमा काँग्रेस, एमाले, माओवादी लगयातकाहरुलाई मधेससँग विभेद नगर्न पटकपटक सार्वजनीक रुपमै आह्वान गर्दा समेत नटेरेकाले, बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।
एक फरक प्रसंगमा बोल्दै नेता साहले जारी आन्दोलन मुलुकका मुट्ठीभर शासकहरुका विरुद्ध मात्रै भएको भन्दै यसलाई कुनै खास समुदायप्रति लक्षित नगरिदिन समेत आग्रह गर्नुभयो ।