काठमाडौं, २६ भदौ ।
राप्रपा नेपालले संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
सरकारले पत्र पठाएरै आग्रह गरेपछि आज बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माणमा सहभागी हुने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले संविधान निर्माणममा सहभागी हुन गरेको प्रस्वात पारित गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बैठकले आफ्नो एजेण्डा संविधानसभाबाटै कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
राप्रपा नेपालले यसअघि बिहीबार संविधानसभाको बाँकी प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि तीन दलले संविधान निर्माणको प्रक्रियामा फर्किन आग्रह गर्दै पत्राचार गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline