जाग लम्क चम्क हे नौ जवान होआफ्नौ ढंगले नया रङगले …गित ले युवा हरूलाइ आफ्नौ तरिकामा उठन जुठन अनि सभ्यता र संस्कृतिले सु सज्जित नया नेपाल बनाउन आव्हान गरेको छ। तर यो गितले व्याक्त गरेको भावमा हामी युवा हाम्रो समाज,राजनिती नत हाम्रो राष्ट नै उभिन सकेको छ। साच्चै आजा यो नौजवानहरु वेरोजगार भएर अमिलो मन बनाउदै केही बचेको आशा माथी भरोसा गरेर आफ्ना टिट लाग्दा नयनहरु ले प्रदेश चिह्यउदै रोजगारीका लागि भौतरिएका छन।
जुनसुकै देशमा राष्ट विकासको मुल आधर,विकास,समृदॄि र परिवर्तन र्को संवाहक नै युवा हो। युवाहरुको उर्जा ले युगको परिवर्तन गराउन कुनै तन्त्र मन्त्र अनि वादको आवस्यकता पर्दैन। निर्दयी राणाका विरुदॄ जागे,प्रजातन्त्रका लागी लडे,आमा बुवा भाई बहिनी लिएर तिनै लोकतन्त्रका भोका न्यायाप्रेमी जोसिला युवाहरु सडकमा उत्रे २४० बर्ष सम्म एकछत्र (राजतन्त्र) शासन गर्ने दरबारिय शासकहरुको होसहवास संगै त्यही दिनहरु अन्तिम दिन भए यसरी आम युवाहरुको अगाडी निक्म र शक्तिहिन हुदै राजतन्त्रको अलबिदा भयो। यसै क्रममा हजारौ सच्चा देशभक्त नौजवान हरुले आफुलाई परिवर्तन को कोटामा बलिचढाए मृत्युलाई परिवर्तन र लोकतन्त्र संग सटाय यसरी लोकतन्त्र स्थापना मा युवाहरूले इतिहास मा कहीले नबिर्सने गुण लगाए।
अदुरदर्शी नेता, नेतृत्व गर्न नसक्ने नेता दलहरुमा मपाईत्वको भाव राजनीतिक जाल साझी जसका कारण दलहरु आफै राजनितिक परिक्षामा फेल हदैछन भने अर्काे तिर जनतामा राजनितिप्रति बितृष्ण भ्रष्टाचार,गरिबी, अशिक्षा ,अराजक तत्वहरुले बडुवा पाएका छन। यस्तै विचार र प्रवित्ति हरुको पोषण गर्दै जाने हो भने सभ्य समाज देशको निकास अनि दिगो विकासको कुरा पक्कै आझेल मा पर्ने छ।
जर्ज बर्नाड शाको एउटा भनाइ छ “तिनीहरू, जो आफ्नो सोच परिवर्तन गर्न सक्दैनन्, केही परिवर्तन गर्न सक्दैनन्।’ सुधारका लागि सोच परिवर्तन आवश्यक छ। मुख्य गरी राजनीति नसुध्रिएसम्म समाजका अन्य ब्यवस्था सुध्रिन्छ भन्नु मुर्खता नै हो भन्दा फरक नर्पला किनकि यसको सञ्जाल राज्यको माथिल्लो तह देखी गाउघरका कुना कन्दरा सम्म जोडिएको हुन्छ।
राजनितिक दलले युवावर्ग लाई आफु नेता बन्ने सिंडी र झन्डा बोक्ने साधनका रूपमा मात्र प्रयोग गरे नत उनी हरुलाई कहिले रचनात्मक बन्न दियो नत बन्न लगाइ्यो खाली फगत भाषण,मिठो कुराको भरमा आन्दोलनको भुप्रोमा आवश्यकता अनुशार उपयोग मात्र। कैयौ उच्चा प्रतिभा भएका प्रतिभाशाली युवाहरुको विचार क्षमाता आज त्यै झण्डा ले थिचिएका छन। आन्तारिक श्रम बजारमा रोजगारको लागी देखिएको अभावमय वातवरणले युवा जनशक्ती विदेशिन बाध्य भएका छन। कर्मठ युवाहरुको विदेश पलायनले समाजमा विभिन्न नया किसिमको समस्य पैदा भएको छ भने हाम्रो गाउघरमा गरिने कामका लागी समेत युवाहरु पाउन निक्कै हम्मे हम्मे हुने गरेको छ। यसरी समाजलाई क्रमस हरेक क्षेत्रमा परर्निभरता तिर धकेलेको महशुस गर्न सकिन्छ
श्रम तथा रोजगार मन्त्रालयको भर्खरैको तथ्यांकअनुसार ३९ लाख ९८ हजार २४ जना बैधानीक तरिकाले यसबाहेक अवैध तरिकाले जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ।
के ५० औं लाख युवालाई बाहिरा राखेर देशको एकिकृत विकाश सम्भव छ? लाग्छ हामी कामदार प्रदान देशका रुपमा स्थापित हुदै छौ?विदेशमा श्रम बेचिरहेका श्रमिकहरुको पिडा सरकारलाई के थाह?अरु त के कुरा बिदेश बाटा भित्रिने रेमिट्यान्सको समेत व्यवस्थापन गर्न सक्ने क्षमता यो सरकारको छैन।
अनी माथिका प्रश्नका अगाडी सिंहदरबार अक्क न वक्क बन्छ,वुदॄिजिवि सुन्या नसुन्या जस्तै गर्छन। के यसको नियान्त्रण यिनिहरुको दायित्व हैन? त्यसैले आजा होनाहार हाम्रा नौजवान हरु न्यूनत्म ज्याला मा काम गर्न बाध्य भएका छन। नेपालमा विकसका प्रचुर सम्भावना हरु छन भन्ने कुरा बेला बेला विग्य हरुले औल्याने गरेको छ। हामी पनि सोझै अनमान लगाउन सक्छौ हामी संग भएका सम्भावना सम्भावनामै सिमित भए यसले कहिले मुर्तरुप लिन सकेन यदि लिन सकेको भए केहीहद सम्म वेरोजगार समास्य हल हने थियो।
यो नहुनुमा सबै भन्दा बडी जिम्मेवारी सरकार नै हो। अनि हामी युवा नागरिक पनि तर अब हामीले ढिलो गर्यौ भने साच्किकै ढिला हुनेछ हामीले धेरै समय हात मुख जोडनकै लागी सर्घष गरेका छौ अब यस्तो सर्घष नयाँ पिडिले गर्न नपरोस हामीले आर्थिक आय आर्जनको नयाँ आयम थप्दै नयाँ पिडीको लागी आधार स्तम्भ तयार गरौ। अन्ताराष्टृिय लगानिकर्ताहरुलाई विशेष प्राथामिकता दिदै लगानि मैत्री वातवरण बनाउ त्यसमा हाम्रो पनि सहभागिता बलियो हुन आवश्यक छ।
यसरी आन्तरिक पाकृतिक सो्रत हरु जल जंगल जमिन जडिबुटी आदिको पुर्ण उपयोग,उध्धोग कलकारखान को निर्माण गर्दै आम युवा लाई उत्पादन संग जोडेरा लैजाउ अनि कसरी हुदैन विकास? कसले रोक्छ विकास ? परिश्रम गर्न चाहने युवाहरुको हातलाई नरोक सरकार उसलाई साथ देउ उसले पक्कै आम नेपालिको जिवन स्तर उकास्न ठूलो भुमिका खेल्ने छ अनि नयाँ नेपालको सपना साकार पार्नेछ । यो नौजवानहरुको संकल्प अठोट अनि प्रतिबदॄ्दाता हो ।
दावा शेर्पा
भोजपुर श्यामशिला,हाल जापान
