काठमाडौं, २६ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा चाडै शान्तिपुर्ण वार्तामा आउन असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको छ ।
सरकारी निवास बालुवाटारमा आज उद्योग बाणिज्य महासंघको ज्ञापन पत्र बुझ्दै कोइरालाले सरकारले असन्तुष्ट दलहरुलाई हत्या, हिंसाको राजनीति छाडेर शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको बताउनुभयो ।
बन्द, हड्ताल र आन्दोलनले निकास दिने नभई मुलुकलाई दुर्घटनातिर लैजाने भन्दै कोइरालाले प्राप्त उपलब्धि संस्थागत गर्न सबै एक जुट हुनुको बिकल्प नभएको बताउनुभयो ।
उद्योग बाणिज्य महासंघले शान्ति, सुरक्षा र लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको थियो ।
उनीहरुले बन्द र हड्तालले उद्योगहरु तहसनहस भएको ,व्यापारीमाथि आक्रमण भएको भन्दै जति सक्दो चाँडो वार्ताबाटै निकास खोज्न सुझाव दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline