सवारी साधन स्कर्टिङमा अबरोध पुर्याउने चारजना प्रहरीको नियन्त्रणमा

सवारी साधन स्कर्टिङमा अबरोध पुर्याउने चारजना प्रहरीको नियन्त्रणमा

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २६ भदौ ।  

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमहीमा सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यमा पठाउने क्रममा अबरोध गर्ने चार जना थरुहट कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमही ३ सुनडवरीबाट थरुहटका कार्यकर्ताहरु कैलाश चौधरी, मनोहर चौधरी, आनन्दवहादुर चौधरी र कृष्ण चौधरीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यमा पठाउने क्रममा थारुहटका कार्यकर्ताहरुले अबरोध सृजना गर्दै चालक र यात्रुहरु माथी हातपात गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख, लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैबीच बन्दकर्ताहरुले देउखुरीका विभिन्न स्थानमा राखेका ढुंगामुडा र पोलहरुलाई प्रहरीले हटाएको छ । आज बिहान मात्रै देउखुरी क्षेत्रबाट ७२ वटा सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको प्रहरी निरीक्षक शाहीले बताउनु भयो । लमही क्षेत्रको सुरक्षाका लागि हाल नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी १ सय ७ जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

थारुहरुको बहुलयता रहेको चितवनदेखि कञ्चनपुर सम्मको भूभागलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त संघर्ष समितिले गत साउन २७ गतेदेखि अनिश्चितकालिन बन्दको आहृवान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी