हिजो दिनभर तनावग्रस्त बनेको जनकपूर र महोत्तरी आज केही शान्त

हिजो दिनभर तनावग्रस्त बनेको जनकपूर र महोत्तरी आज केही शान्त

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २६ भदौ । 

प्रदेश सिमांकन लगायत संविधान निर्माण प्रक्रियामा असन्तुष्टी जनाउदै तराई मधेशमा जारी बन्द आज पनि कायमै छ ।

हिजो दिनभर तनावग्रस्त बनेको महोत्तरी जनकपूर आज केही शान्त रहेको छ । जारी आन्दोलनका क्रममा चार दिनयता महोत्तरीमा मात्र एक सुरक्षा अधिकारी सहित चार जनाको मृत्यु भएको छ ।

गत बुधबार प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएकोमा हिजो शसस्त्र प्रहरीका असाई थमनबहादुर विक, रेडक्रसकर्मी गनेश चौधरी र प्रदर्शनकारी महिला राजशिलादेवीको मृत्यु भएको थियो ।

चार दिन यता जिल्लामा लगाएको करफ्यु आजै निकै कडा बनाएको स्थानीय प्रशासनले जनाएको छ । बिहानैबाट उक्त क्षेत्रमा बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै जनकपूरमा प्रदर्शनका क्रममा हिजो तीन जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझबाट दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरेको छ । त्यहाँ करफ्यु जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी