एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालक आन्दोलित

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालक आन्दोलित

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

मोरङ, २६ भदौ ।

एम्बुलेन्स चालकहरु बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै आन्दोलित भएका छन् ।

एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रङ्गेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन् ।

एम्बुलेन्स चालक सङ्घ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

बन्दकर्ताले सो सडकखण्डअन्तर्गत को१च ४२६५ नंको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

मोरङको कटहरी, कर्सिया, रङ्गेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुव्र्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक सङ्घले जनाएको छ ।

मोरङमा १२५ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी