सेनालाई राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको पहरेदार संस्थाका रुपमा स्थापित गरिने

सेनालाई राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको पहरेदार संस्थाका रुपमा स्थापित गरिने

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २५ भदौ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न नेपाली सेनालाई पेसागत अनुशासनमार्फत अझ सङ्गठित, सुदृढ र सबल बनाउँदै राष्ट्रिय सुरक्षा तथा स्थिरताको पहरेदार संस्स्थाका रुपमा विकास गर्दै लगिने बताउनुभएको छ ।

पदभार ग्रहण गरेपछि मातहतका सकल दर्जालाई आज सम्बोधन गर्दै उहाँले सेनाले आन्तरिक रुपमा एक ढिक्का रही कार्य गर्ने र व्यक्तिगत हितभन्दा संस्थागत हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने बताउनुभयो ।
अब जारी हुने संविधानले नेपालमा राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धि ल्याउन कासेढुङ्गा साबित हुनेछ भन्नेमा नेपाली सेना विश्वस्त छ भन्दै उहाँले सेनालाई राष्ट्रिय एकता, स्थिरता र राष्ट्रिय सुरक्षाको सशक्त संयन्त्र र पहरेदार संस्थाका रुपमा स्थापित गर्न जटिल परिस्थितिमा समेत दिगो ढङ्गले जनताको विश्वास जित्ने गरी काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
वीर पुर्खाले निर्माण गरेको मजबुद जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै आगामी चुनौतीको सामना र अवसरको सदुपयोग गरी समयानुकूल सुधार गर्दै एउटा सशक्त र जनताको भरोसाको केन्द्रका रुपमा सेनालार्ई अघि बढाउने प्रतिज्ञा उहाँले गर्नुभयो ।
सेनाको विद्यमान साङ्गठनिक संरचनामा देखिएका व्यावहारिक कठिनाइ तथा भूकम्पले सिर्जना गरेको परिस्थितिलगायतलाई ध्यानमा राखी अझ व्यावहारिक, समयानुकूल तथा समसामयिक सुधारका लागि पुनःसन्तुलनको आवश्यक योजना र प्रक्रिया पु¥याई चाँडै लागु गरिने बताउँदै उहाँले भविष्यमा नयाँ संविधान निर्माणसँगै देशमा स्थायित्व कायम तथा राष्ट्रिय सुरक्षा नीतिको समेत निर्माणपछि भावी सङ्घीय स्वरुपसहितलाई ध्यानमा राखी दीर्घकालीन योजनाअन्तर्गतको पुनःसंरचना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उहाँले संयुक्त राष्ट्र सङ्घको तत्वावधानमा शान्ति स्थापना कार्यमा सेनाको सहभागितालाई सङ्ख्यात्मक अभिवृद्धि र गुणात्मक सुधार गरी नेपालको परराष्ट्र नीतिका लक्ष्य हासिल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कल्याणकारी कोष सकल दर्जाको साझा कोष भएकाले यसलाई मितव्ययी तरिकाले उपयोग गर्नाका साथै कल्याणकारी योजनातर्फ भएका खर्चको लेखाजोखा र पुनरवलोकनसहित अझ न्यायिक हुने गरी सन्तुलनमा ल्याइने, कोषको आयआर्जन गर्ने मुख्य उद्देश्य राखेर इन्जिनियरिङ कलेज खोल्न सम्भाव्यता अध्ययन थालिने तथ आत्मनिर्भर भई सञ्चालन हुने र मुनाफासमेत हुने देखिएमा कलेज खोल्नेतर्फ आवश्यक प्रक्रिया थालिने जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार कोषमा हाल रु २८ अर्ब ११ करोड ८४ छ ।

उहाँले भूकम्पले भत्किएका जङ्गी अड्डा, सैनिक अस्पताल, ब्यारेकलगायत पुनःनिर्माणको प्राथमिकता निर्धारणसहित यथाशीघ्र सकल दर्जाले पक्की घरमा बस्ने पाउने गरी कार्य तदारुकताका साथ सुरु गरिने जानकारी दिनुभयो ।

नागरिक–सेना सम्बन्धलाई थप सुमधुर बनाउने योजनाअन्तर्गत सम्बन्धित विभिन्न मन्त्राय, विभाग, आयोग र प्राधिकरणसँग अझ निकट र सौहार्दपूर्ण सम्बन्ध कायम गरिने बताउँदै उहाँले नेपाली जनतासँग सेनाको सम्बन्ध थप सुमधुर र सुदृढ बनाउन आवश्यक मार्गनिर्देशन र तालिम सकल दर्जालाई दिन फिल्ड कमान्डरलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय सुरक्षामा मिडियाको महत्वलाई ध्यानमा राखी नेपाली सेना र मिडियाबीचको सम्बन्धलाई राष्ट्रिय हित र संस्थागत हितमा टेवा पुग्ने ढङ्गले थप सुमधुर र सुदृढ बनाइने तथा मातृभूमिको रक्षाका लागि स्वदेशी तथा विदेशी भूमिमा प्राणको आहुति दिई वीरगति प्राप्त गरेको ज्ञातअज्ञात सैनिकको सम्झनामा छाउनीमा निर्मित ‘वीरेन्द्र स्मारक’ मा सुधार गरी सहिदको नाम र युद्ध लडेको स्थानसहित अङ्कित गरी सुधार गरिन योजना रहेको उहाँले जानकारी दिनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी