सप्तरी, २५ भदौ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–८ स्थित नेकपा संयुक्तका सभासद् मिथिला चौधरीको घरमा शुक्रवार साँझ ढुङ्गामुढा प्रहार गरेका छन् ।
बीस÷पच्चीस जनाको सङ्ख्यामा आएका प्रदर्शनकारीले तराई– मधेसमा जारी आन्दोलनमा सभासद् चौधरीले सहयोग नगरेको भन्दै घरमा ढुङ्गामुढा गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सभासद्का घरमा आक्रमण भएको सूचना प्राप्त हुनासाथ प्रहरी त्यसतर्फ पठाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline