संविधानसभामा मतदान प्रक्रिया दुई दिन स्थगित हुने

संविधानसभामा मतदान प्रक्रिया दुई दिन स्थगित हुने

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,२५ भदौ ।

संविधानसभामा आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुई दिन स्थगित हुने भएको छ । आज बसेको प्रमुख तीन दलको बैठकले मतदान प्रक्रिया दुई दिन स्थगित गर्ने निर्णय गरेको हो ।

तराई मधेसमा भएका आन्दोलनको माग सम्वोधनका लागि प्रक्रिया रोक्न चौतर्फी दवाव बढेपछि नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुको बैठकले प्रक्रिया रोकेर वार्ता गर्ने निर्णय गरेको हो ।

सहमतिका लागि दुई दिन प्रक्रिया रोक्ने र वार्ता गर्ने निर्णय भएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनाकारी दिनुभयो । एकीकृत माओवादीले बैठकमा प्रक्रिया रोक्न प्रस्ताव गरेपछि कंग्रेस सभापति एवंम् प्रधानमन्त्री सुशील कोइराला पनि तयार हुनुभएको स्रोतको भनाइ छ ।

यसअघि आजै संविधान निर्माणको प्रक्रिया केही दिन रोकेर आन्दोलनकारी दलहरुसँग वार्ता गर्न ६ साना दलले  माग गरेका छन ।

संविधान निर्माणमा प्रमुख तीन दललाई समर्थन दिदै आएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, खम्वुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टी, नेपा राष्ट्रिय पार्टी, मधेस समता पार्टी र नेपाली जनता दलले आज विज्ञप्ति जारी गर्दै प्रक्रिया केही दिन रोकेर वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका हुन ।

यसैविच संबिधान सभाको बैठक आइतबार सम्मलाई स्थगीत गरीएको छ । विहान सैद्धान्तिक छलफल टुंग्याउँदै मतदान प्रक्रियामा जाने पूर्व कार्यतालिका परिवर्तन गर्दै संविधानसभाको बैठक स्थगित गरिएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्काे बैठक आइतबार बिहान साढे ११ बजेलाई बोलाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी