काठमाण्डौ,२५ भदौ ।
महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागी एक महिलाको मुत्यु भएको छ ।
गोली लागेर जलेश्वर– २ मा डेरा लिएर बस्दै आएकी रामशिलादेवी मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शनमा उत्रेका मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको गोली लागेको हो । मण्डलको टोउकामा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
त्यसैगरी, स्थानीय शैलदेवी चौधरी पनि प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी छन । तिघ्रामा गोली लागेर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline