अध्यक्ष दाहाल र भारतीय राजदूत रायबीच वार्ता

अध्यक्ष दाहाल र भारतीय राजदूत रायबीच वार्ता

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २५ भदौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच दाहाल निवास लाजिम्पाटमा आज भेटवार्ता भएको छ ।

भेटवार्तामा संविधान लेखन प्रक्रिया र यसमा राजनीतिक दलहरुले निभाउँदै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको समेत अध्यक्ष दाहालले बताउनुभएको थियो ।

राजदूत रायले छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने पक्षमा भारत रहेको जानकारी दिँदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी