एमाले अध्यक्ष ओली र पर्यटन मन्त्री शेर्पाले गरे झन्डा दिएर आरोहीलाई बिदाइ

एमाले अध्यक्ष ओली र पर्यटन मन्त्री शेर्पाले गरे झन्डा दिएर आरोहीलाई बिदाइ

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

भक्तपुर, २५ भदौ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सगरमाथा आरोहण गर्न लागेका पासाङ नाम्गेललाई झन्डा दिएर बिदाइ गर्नुभएको छ ।

सगरमाथाको दक्षिण मोहडाबाट ८ हजार ५१६ मिटर अग्लो ल्योत्से हिमालको आरोहण गर्न चाहने नेपालका १० र दक्षिण कोरियाका छजना गरी १६ पर्वतारोहीको नेतृत्व गर्ने नाम्गेललाई अध्यक्ष ओलीले एमालेको झन्डा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले नेपालको झन्डा दिएर बिदाइ गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा आज आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गर्दैै अध्यक्ष ओलीले भूकम्पपछि थला परेको नेपालको पर्यटन उद्योगलाई ब्युँताउन हिमाल आरोहणले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

“प्राकृतिक विपत्ति हरेक देशमा आउँछ, नेपालमा भूकम्पले विपत्ति ल्यायो तर नेपालमा सम्हालिनै नसक्ने गरी क्षति पु¥याएको छैन,” अध्यक्ष ओलीले भन्नुभयो – “भूकम्पले पुराना संरचना भत्किँदैमा नेपाल सुरक्षित छैन भन्ने सन्देश जानु गलत हो । त्यसैले अब नेपाल सुरक्षित छ भनेर सन्देश लैजान आवश्यक छ ।”

कार्यक्रममा पर्यटन मन्त्री शेर्पाले भूकम्पपछि पनि नेपाल सुरक्षित छ र साहसिक पर्यटनमा सहभागी हुन सकिन्छ भन्ने सन्देश दिन हिमाल आरोहण सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिण मोहडाबाट सगरमाथाको चुचुरोमा पुग्न अहिलेसम्म कसैले पनि नसकिरहेका बेला आफ्नो टोलीले सफलतापूर्वक चुचुरोमा पुगेर नेपालको झन्डा र एमालेको झन्डा गाड्ने दृढता टोली नेता नाम्गेलले व्यक्त गर्नुभयो । नाम्गेलको यो सातौँ पटकको हिमाल आरोहण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी