आन्दोलनकारीद्वारा महोत्तरीमा सशस्त्र प्रहरी असईको हत्या

आन्दोलनकारीद्वारा महोत्तरीमा सशस्त्र प्रहरी असईको हत्या

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,२५ भदौ ।

महोत्तरीको जलेश्वरमा आज बिहान आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेका अनुसार आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका लागि गाउँको बाटो हुँदै अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविस– ८ सनोखराको वनको बाटोमा स्थानीयवासीले एम्बुलेन्स रोके, उनलाई बाहिर निकाले र लाठी प्रहार गरी हत्या गरे ।

गाउँका आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरेका छन् । असई विकको हत्या गरी सडकभन्दा डेढ किलोमिटर पूर्व धान खेतमा फालिदिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बतउनुभयो ।

असईको हत्यापछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुको नेतृत्वमा ठूला सङ्ख्यामा प्रहरी पुगेका छन् । उनको शव जलेश्वर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

आज बिहान करिब ८ः३० बजेतिर असई विकलाई आन्दोलनकारीले जलेश्वरको शङ्करचोकमा कुटपिट गरी घाइते बनाएका थिए । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पु¥याएका थिए । उनलाई थप उपचारका लागि जलेश्वरको ६६.१.१२३५ नम्बरको एम्बुलेन्समा राखी जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविसका आन्दोलनकारीले उनीमाथि आक्रमण गरेका हुन् । यस घटनाका कारण महोत्तरीको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी