काठमाण्डौ,२५ भदौ ।
संविधानसभामा आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुई दिन स्थगित हुने भएका छ । आज बसेको प्रमुख तीन दलको बैठकले मतदान प्रक्रिया दुई दिन स्थगित गर्ने निर्णय गरेको हो ।
तराई मधेसमा भएका आन्दोलनको माग सम्वोधनका लागि प्रक्रिया रोक्न चौतर्फी दवाव बढेपछि नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुको बैठकले प्रक्रिया रोकेर वार्ता गर्ने निर्णय गरेको हो ।
सहमतिका लागि दुई दिन प्रक्रिया रोक्ने र वार्ता गर्ने निर्णय भएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनाकारी दिनुभयो । एकीकृत माओवादीले बैठकमा प्रक्रिया रोक्न प्रस्ताव गरेपछि कंग्रेस सभापति एवंम् प्रधानमन्त्री सुशील कोइराला पनि तयार हुनुभएको स्रोतको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline