सुत्केरी र बच्चाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

सुत्केरी र बच्चाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चितवन, २५ भदौ ।

सुत्केरीको मृत्यु भएपछि भरतपुरको ओम अस्पताल तनावग्रस्त भएको छ । पाठेघर फुटेर सुत्केरी हुन आएकी चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतोको मृत्यु भएको छ ।

उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २३ गते सामान्य प्रक्रियाबाट सुत्केरी गराउने क्रममा उनको पाठेघर फुटेको र ओम अस्तालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको अस्पतालका चिकित्सक डा विनोद पाठकले बताउनुभयो । उपचारका क्रममा महतोको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका क्रममा महतोको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले आज बिहानैदेखि अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् ।

उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी