भक्तपुर, २५ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय राजदूत रञ्जित रेबीच आज भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा भएको भेटमा उहाँहरुबीच संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
भेटपछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताउनुभयो ।
उहाँले राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राख्नुभएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline