काठमाडौ २५ भदौ ।
प्रदेश सिमांकन तथा संविधान निर्माणप्रति असन्तुष्टी जनाउदै विभिन्न दल तथा समुहले गरेको लगातारको बन्दका कारण उद्योग व्यवसाय धरासायी बन्दै गएका छन् ।
लगातारको बन्द र करफ्युका कारण ठुलो मात्रमा व्यापार घाटा भई व्यवसाय नै धरापमा परेको उद्योगी तथा व्यापारीहरुको गुनोसो छ ।
उद्योग कलकारखानाहरु सन्चालनमा आउन नसक्दा बजारमा दैनिक उपभोग्य वस्तुहरुको समेत अभाव देखिन थालेको छ ।
हिसांत्मक घटनापछि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीको टिकापूर लगायत आसपासका क्षेत्रमा जारी करफ्युले लामो समयदेखि त्यहाँको उद्योग कलकारखानाहरु बन्द रहेका छन् ।
एक दिनको बन्दले त्यहाँ कम्तीमा पनि १० करोडको घाटा हुने गरेको कैलाली उद्योग वानिज्य संघका अध्यक्ष शंकर बोगटीले जानकारी दिनुभयो ।
यस्तै अवस्था रहेमा केही समयपछि नै उद्योग व्यवसाय छोडेर पलायन हुनुपर्ने बाध्यता आउने बोगटीको बनाई छ ।
उता पर्साको विरगन्ज लगायत पूर्वी तराईका जिल्लामा पनि लगातारको बन्दका कारण उद्योग व्यवसाय ठप्प रहेका छन् ।
बन्दका कारण भन्सार नाका समेत ठप्प रहँदा राजस्व संकलन प्रभावित बनेको विरगन्ज भन्सार कार्यलयले जनाएको छ ।