संविधानसभामा आजदेखि मतदान प्रक्रिया सुरु हुदै

संविधानसभामा आजदेखि मतदान प्रक्रिया सुरु हुदै

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २५ भदौ ।

नँया संविधानका लागि संविधानसभामा आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । मतदानको प्रक्रिया सुरु हुनुअघि आज काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले संविधानसभालाई अन्तिम  सम्बोधन गर्ने कार्यसुची रहेको छ ।

विहान ११ बजे बस्ने संविधानसभाको बैठकमा संविधानको परिमार्जित विधेयकमाथीको दफाबार छलफलमा बोल्न बाँकी रहेका सभासदहरुले आफ्नो धारणा राखेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेताहरुलाई विषेश समय दिनु हुनेछ ।

दफाबार छलफलमा भाग लिन नाम टिपाएका २ सय ७९ सभासदमध्ये १० जना सभासदहरुले मात्र बोल्न बाँकी छ ।

मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौललाले संविधान विधेयकमा भएको दफाबार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएपछि अपराह्नदेखि संविधान विधेयकमाथि मतदानको प्रक्रिया सुरु हुने संविधानसभा सचिवालयले जनाएको छ ।

यद्यपी आन्दोलनरत दललाई सहमतिमा ल्याउन संविधान निर्माण प्रक्रिया केही दिन रोक्न संविधानसभालाई चौतर्फी दबाब परपछि आजबाट मतदान प्रक्रिया सुरु हुने अनिश्चित रहेको छ ।

संविधान विधेयकमा प्रस्तुत संशोधन प्रस्तावबाट सुरु हुने मतदानको प्रक्रिया दुई दिनमा सकिने सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी