काठमाडौ २५ भदौ ।
लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिनपनि अरुण पूर्वको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।
ती क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार कलकारखाना ठप्प छन् । पूर्वको मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, ते¥हथुम र धनकुटा लगायतका जिल्लामा बन्दको प्रभाव देखिएको छ ।
पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले अरुण पूर्वको नौ जिल्लामा हिजोदेखि आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline