काठमाडौ २५ भदौ ।
धनुषाको जनकपूरमा आज बिहानबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि जनकपुरमा आज बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
मोर्चाले आज जनकपुरमा आयोजना गर्न लागेको महाक्रान्ति र्यालीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कायम राख्न भन्दै स्गानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
उता, महोत्तरीमा गत बुधबार रातीदेखि जारी कर्फ्यु आज बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाका लागि हटाएको छ । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline