डोल्पा, २४ भदौ ।
डोल्पाको रिमी गाविसस्थित झ्याँकोट स्वास्थ्य चौकीमा काम गर्दै आएका वरिष्ठ सहायक स्वास्थ्यकर्मी निमा छिरिङ बुढा अहिलेसम्म सरुवा भएको स्वास्थ्य चौकीमा गएका छैनन् ।
डोल्पाको काइगाउँ गाविसमा घर भएका निमा छिरिङ बुढा अहिलेसम्म पनि आफ्नो कार्य क्षेत्रमै नगएर तलब भत्ता पचाउने गरेका छन् । नर्कु गाविसमा रहेको स्वास्थ्य चौकीमा पाँच महिना अघि सरुवा भएका छिरिङ अहिलेसम्म पनि आफ्नो कार्यक्षेत्रमा नगएको स्थानीयवासीले बताएका छन् ।
जिल्लाका अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालय प्रमुखले पाँच महिनासम्म पनि आफ्नो कार्यक्षेत्र नगएकालाई आवश्यक कारबाही नगरेकाले समस्या देखिएको स्थानीयवासीको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline