प्रधानमन्त्री कोइरालासँग अमेरिकी राजदूतको बिदाई भेट

प्रधानमन्त्री कोइरालासँग अमेरिकी राजदूतको बिदाई भेट

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २४ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले आज बिदाई भेट गर्नुभएको छ ।

भेटमा राजदूत बोडेले संयुक्त राष्ट्रसङ्घ महासभाको समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुहुने शान्ति सेना पठाउने प्रमुख राष्ट्रहरुको बैठकमा प्रधानमन्त्री कोइरालालाई विशेष निमन्त्रणा दिनुभएको थियो ।

राजदूत बोडेले राष्ट्रपति ओबामाका तर्फबाट विश्वमा शान्ति कायम राख्न नेपालले शान्ति सेना पठाएर गरेको सहयोगको प्रशंसासमेत गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

 प्रधानमन्त्री कोइरालाले अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापनमा गरेको सहयोगका लागि धन्यवाद दिनुहुदै थप सहयोगको अपेक्षा गर्नुभएको थियो । साथै उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै संविधान निर्माण प्रक्रियाका बारेमा पनि कुराकानी भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताउनुभयो ।

आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत बोडेले प्रधानमन्त्री कोइरालालाई समयमै संविधान जारी गर्न शुभकामना दिनुभएको थियो । राजदूत बोडेले भूकम्पपछिको पुनःनिर्माणको थालनी छिट्टै होस् भन्ने कामना गर्नुहुँदै अमेरिकाले सहयोग गर्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी