काठमाण्डौ ,२४ भदौ ।
राजधानीका सडकहरुमा केहि बेर बर्षा भएपनि पानी जमेर सवारी आवागमनमा नै समस्या आउने गरेको छ ।
एकै छिनमा सडक भरी पानी जमेर पोखरी जस्तो हुने गरेको भन्दै यात्रुहरु गुनासो गरीरहदा सवारी चालकहरु पनि सोहि समस्या झेल्न बाध्य छन् ।
उनीहरु पनि पानी परेपछि निर्माण सम्पन्न नभएका सडकमा मात्र नभएर राजधानीका ब्यस्त तथा मुख्य सडकमा पनि पानी जम्ने गरेको बताउछन् ।
कता बाट पानी थुनिन्छ तर सडक पोखरी जस्तै भईरहेको हुन्छ ,सम्बन्धीत निकायको यसमा ध्याननै जादैन उनीहरुको गुनासो छ ।
बिहिवार पनि दिउसो केहि बेर परेको पानी पछि राजधानीका बिभिन्न स्थानका सडकमा पानी जमेको भेडियो ।
स्कुटर तथा मोटरसाईकल लगायतका साना सवारी साधनलाई त झन कठिन हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline




