राजस्व असुलीमा वृद्धि

राजस्व असुलीमा वृद्धि

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ,२४ भदौ ।

आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आव २०७०÷७१ मा विभिन्न प्रकारको राजस्वबापत रु एक अर्ब ८१ करोड ३४ लाख ६९ हजार राजस्व असुली गरेको छ ।

अन्तःशुल्कतर्फ रु एक अर्ब १७ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि करबापत रु ३२ करोड ५० लाख र आयकरतर्फ रु २८ करोड ७९ लाख चार हजार राजस्व असुली गरिएको छ ।

यसैगरी घर बहाल राजस्वमा रु १४ करोड पाँच लाख ५२ हजार, ब्याज करबापत रु १२ करोड सात लाख २३ हजार, शिक्षा सेवा करतर्फ रु २७ लाख ५० हजार र स्वास्थ्य सेवा करतर्फ रु एक लाख ८२ हजार राजस्व असुली गरेको सो कार्यालयले जनाएको छ ।

प्रमुख राजस्व सङ्कलनमध्ये हेटौँडा औद्योगिक क्षेत्रको गोर्खा लारी चुरोट उद्योग प्रालि, एसियन पेन्टस् प्रालि, यति पेन्टस् प्रालि, शिवम् सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योगलगायत विभिन्न आयोजना रहेको छ ।

कार्यालयले गत आवको भन्दा करिब रु नौ करोड ७४ लाख ७० हजार थप राजस्व असुली गर्न सफलता प्राप्त गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत नवीन्द्र श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी