काठमाडौँ, २४ भदौ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको पार्टीको प्रतिनिधिमण्डल छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने सद्भावना भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलले यही भदौ २५ र २६ गते बेइजिङमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वसँग दुई देश र दुई पार्टीको आपसी सम्बन्ध एवम् हितका विषयमा विचार आदानप्रदान गर्ने एमालेले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख वाङ जिया रुईको निमन्त्रणामा चीन प्रस्थान गरेको उक्त प्रतिनिधिमण्डलमा पार्टीका पोलिटब्युरो सदस्य विष्णु रिमाल र महासचिवका सचिवालयका निजी सचिव दीपेन्द्र श्रेष्ठ सम्मिलित रहनुभएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline