राप्रपा नेपालसँग प्रमुख तीन राजनीतिक दलको छलफल

राप्रपा नेपालसँग प्रमुख तीन राजनीतिक दलको छलफल

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २४ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग जारी संविधान निर्माण प्रक्रियाका सम्बन्धमा प्रमुख तीन राजनीतिक दलले आज छलफल गरेका छन ।

हिजोदेखि संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपालसँग तीन राजनीतिक दलले वार्ताका लागि गरेको आह्वानका आधारमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

छलफलपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा निषेध गरेको र तराईलगायतका स्थानमा आन्दोलन भइरहेको स्थितिमा संविधान जारी भए पनि त्यसले केवल द्वन्द्व निम्त्याउने देखिएकाले आफूहरु प्रक्रियाबाट बाहिरिएको बैठकलाई जानकारी गराएको बताउनुभयो ।

राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले दलहरूसँगको वार्ता सकारात्मक भएको बताउँदै राप्रपा नेपाललाई गरिएको निषेधको राजनीति हटाउँदै तथा तराईलगायतका स्थानको जारी आन्दोलन तथा समस्याको समाधान गर्ने स्पष्ट प्रतिबद्धतासहित लिखित आह्वान गरिएमा दलको केन्द्रीय समिति बैठकबाट उचित निष्कर्षमा पुग्न सकिने बताउनुभयो ।

बैठकमा राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा, प्रमुख सचेतक गिरी, काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी