काठमाण्डौ,२४ भदौ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीमा लामखुट्टेको टोकाइबाट लाग्ने जापानी इन्सेफ्लाइटिस रोग देखिएको छ ।
स्थानीय रामदत्त जोशी बिरामी भएर उपचारका लागि केही दिनअघि धनगढीस्थित सेती अञ्चल अस्पताल पुगेका थिए । उनलाई अस्पतालले इन्सेफ्लाइटिस रोग लागेको बताउँदै थप उपचारका लागि भारतको बरेली पठाएको वनकट्टीका महिला स्वयम्सेविका भारती सिंहले जानकारी दिनुभयो ।
उहाँले दिनुभएको जानकारीअनुसार पाँच दिनदेखि अचेत अवस्थामा जोशीको भारतको बरेलीमा उपचार भइरहेको छ । चौध दिनअघि मात्रै गाउँकै छ वर्षीय बालक भुवन जोशीका इन्सेफ्लाइटिसकै कारण मृत्यु भएको छ ।
स्वयम्सेविका सिंहले भन्नुभयो– “छिमेकमै फेरि जोशी बिरामी परेका छन् ।” गाउँ भेला गरेर लामखुट्टे मार्ने औषधि जनस्वास्थ्यबाट माग्ने सल्लाह हुँदै गरेको जानकारी पनि उहाँले दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline