आचरण विपरीत काम गर्ने ३८ प्रहरी कारबाहीमा परे

आचरण विपरीत काम गर्ने ३८ प्रहरी कारबाहीमा परे

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२४ भदौ ।

सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ । अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो ।

चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा आपराधिक घटना हुने भएकाले धौलागिरि अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो ।

यसैबीच प्रहरी आचरण विपरीतका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङले जनाएको छ । धौलागिरिमा आव २०७१÷७२ मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो ड्युटीअनुसार काम नगर्ने, प्रहरी सङ्गठनको अनुशासन उल्लङ्घन गर्ने र पदीय दायित्वलाई पूरा नगर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा सात र मुस्ताङमा कार्यरत पाँचजना गरी कुल ३८ जनालाई कसूरअनुसार विभिन्न कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्मका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी