राष्ट्रपति यादवबाट नवनियुक्त क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति यादवबाट नवनियुक्त क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २४ भदौ ।

राष्ट्रपति डा रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त हुनुभएका रथी राजेन्द्र क्षत्रीलाई आज नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको फुली (दज्र्यानी चिह्न) लगाइदिनुभएको हो । राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा प्रधानसेनापति क्षत्रीले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मन्त्रिपरिषद्को गत साउन २८ गतेको बैठकले उहाँलाई आजै देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।

यसैबीच, नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा उहाँले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गर्नुभएको छ । यसअघि मुख्यालयमा उहाँको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यसअघिका प्रधानसेनापति गौरवशम्शेर राणा आजैदेखि सेवानिवृत्त हुनुभएको छ ।

नवनियुक्त प्रधानसेनापति क्षत्रीको सम्मानमा नेपाली सेनाले आजै साँझ स्वागत समारोहको कार्यक्रम राखेको छ । उहाँले गएको साउन २६ गतेदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी