विवादमुक्त ढंगले संविधान जारी भएको उदाहरण कही छैन : मन्त्री आचार्य

विवादमुक्त ढंगले संविधान जारी भएको उदाहरण कही छैन : मन्त्री आचार्य

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २४ भदौ ।

कानुनमन्त्री नरहरि आचार्यले विश्वमा कहीँ पनि विवादमुक्त ढंगले संविधानसभाबाट संविधान जारी नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले दक्षिणी छिमेक भारतमा पनि १२ वर्षपछि संविधानका कतिपय प्रावधानलाई स्वीकार गरिएको स्मरण गराउनुभयो ।

उहाले संविधानसभाले संविधान बनाउने विषय कठिन भएको बताउँदै उहाँले तर त्यसमा केही चुनौती आयो भन्दैमा नआत्तिने बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री आचार्यले संविधान लेखनको अहिलेकै चरणमा सबैका विचारलाई समेट्न प्रयास गरिने विश्वास दिलाउँदै उहाँले त्यसो हुन नसके पनि पछि सम्बोधन गर्न सकिने गरी अत्यन्त उदारका साथ विधेयक व्यवस्थित गरेको जानकारी गराउनुभयो ।

बिपीको पथमा नै काँग्रेसले अभिव्यक्तिको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । उहाँले काँग्रेसकै केही नेताले संविधानको प्रस्तावनामा समाजवाद प¥यो भनेर टिप्पणी गरेकामा आश्चर्य प्रकट गर्दै त्यो शब्द बिपीले नै प्रतिपादन गरेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सबैका हकअधिकार लोकतान्त्रिक व्यवस्थामा मात्र सुरक्षित हुने भन्दै अहिले दलहरुले अपनाउन खोजेको समावेशी सिद्धान्तलाई बिपीले आफ्नै पालामा व्यवहारमा कार्यान्वयन गरिसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी