दुइ साताभित्र १२ मेट्रिक टन प्राङ्गारिक स्याउ उपत्यका भित्रियो

दुइ साताभित्र १२ मेट्रिक टन प्राङ्गारिक स्याउ उपत्यका भित्रियो

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, २४ भदौ ।

काठमाण्डौ उपत्यकामा भदौ महिनाको दोस्रो साताभित्र मात्र १२ मेट्रिक टन प्राङ्गारिक स्याउ भित्रिएको छ ।जुम्लाका स्याउ व्यापारीहरुले काठमाडौँका कलङ्की, बल्खु बागबजार, बालाजु र सिंहदरबार अगाडिका गेटलगायतका स्थानमा प्रतिकिलो रु १०० देखि रु १२० मा बिक्री वितरण गरिरहेका छन ।

अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ काठमाडौँमा बिक्री गर्दा केही हदसम्म खर्च उठे पनि भनेजस्तो कमाइ हुन नसकेको हाँकु– २ जुम्लाका स्याउ व्यापारी पदम खत्रीले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार १२० जना जुम्लाका व्यापारीले ‘ए’ र ‘बी’ ग्रेडका ६५१ मेट्रिक टन स्याउ निर्यात गरेका छन् ।

निर्यात गरिएका प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पु¥याएको उहाँले जानकारी दिनुभयो ।

जुम्ला कुडारी– १ का स्थानीय स्याउ व्यापारी विमल भट्टराईले नेपालगन्जमा आफूले प्रतिकिलो रु ६५ मा बेचेको स्याउ बुटवलमा रु ८० र काठमाडौँमा रु १२० मा बिक्री गरेको बताउनुभयो । राम्रै फाइदा हुने आशा राखेका भट्टराईले गत वर्षभन्दा यस वर्ष जुम्लाको अर्गानिक स्याउ किन्नेहरु आकर्षित भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी