भदौ २४, काठमाडौं ।
राष्ट्रपति डा.रामवरण यादवले असन्तुष्ट पक्षका माग सम्बोधन गरी संविधान निर्माण प्रक्रियामा सहभागि गराउन प्रमुख तिन दललाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति यादवले आज एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा संविधान निर्माण प्रक्रिया बहिष्कार गरेर हिडेका दललाई सहमतिमा ल्याउन अधिकतम पहल गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति निवासमा भएको भेटबार्तामा उहाले उहाँले वार्ता र सहमतिबाटै अघि बढ्न सुझाव दिनुभएको छ । जवाफमा दाहालले प्रमुख तीन दलले हिजो मात्र असन्तुष्ट पक्षलाई वार्ताका लागि पुन आव्हन गरेको भन्दै जारी प्रक्रियाकाबीच समस्या समाधानको पहल भइरहेको बताउनुभएको थियो ।
अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रिया जारी राख्दै आन्दोलनरत दलसंग संवाद र सहमतिका लागि आफूहरुले सक्दो पहल गरिरहेको बताउनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।