काठमाण्डौ,२४ भदौ ।
जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बलका एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन ।
बिहान भानुचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्न खोजेपछि झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन । आन्दोलनकारीले भानुचोकमै सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुर चढेको गाडीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बमबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline