दुहवीमा गाडीमा तोडफोड र आगजनी

दुहवीमा गाडीमा तोडफोड र आगजनी

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, २४ भदौ ।
सुनसरीको दुहवीमा आज बिहान ४ बजे बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् ।

दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को १ च २६९८ नंको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती रोकी आगजनी गरेर फरार भएका थिए । आगलागीबाट गाडी पूर्णरुपले जलेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रण गरेको थियो ।

त्यसैगरी, सोही नगरपालिका–४ मा बा ९ च ५५१८ नंको मारुती गाडीको सिसा फोरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी