काठमाडौं, २४ भदौ ।
संविधानको विधेयकमाथि संविधानसभामा आज पनि दफावार छलफल भइरहेको छ ।
नया वानेश्वरमा जारी संविधानसभा बैठकको सुरुमा अहिले बाँकी संशोधनकर्ताले आफ्ना संशोधन प्रस्तव पेश गर्दै विधेयकमाथि धारणा राख्ने क्रम सुरु भएको छ।
बैठकमा बोल्दै एकीकृत माओवादीका श्रीप्रसाद जवेगु, ललबहादुर घिसिङ, योगेन्द्र तामाङ, राधिका तामाङ लगायतले पहिचान र सामाथ्र्यको आधारमा प्रदेश सीमाङ्न हुनुपर्ने बताउनु भएको छ् । उहाहरुले संविधानमा समानुपातिक शव्द हटाउन नहुने माग समेत गर्नुभएको छ ।
संशोधनकर्ताले विधेयकमाथि धारणा राख्ने गर्ने क्रम सकिए लगत्तै प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएपनि त्यो भोलीका लागि सारिएको संविधानसभा सचिवालयले जनाएको छ ।
दफावार छलफलमा भाग लिन नाम टिपाएका सबै सभासद्ले आफ्नो धारणा राखेर सकिएपछि मात्र दलका शीर्ष नेताले सम्बोधन गर्नेछन।
दफावार छलफलमा भाग लिन २ सय ७९ सभासद्ले नाम टिपाएका छन् । कंग्रेस, एमाले र एकीकृत माओवादीका तर्फबाट सभासद्को नाम घटाएर दफावार छलफल चाँडो सक्ने गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।