काठमाडौं, २४ भदौ ।
संविधानसभामा आज पनि संविधानको परिमार्जित विधेयकमा दफाबार छदफल हुदैछ । अहिले केहिबेरमा बस्ने संविधानसभाको बैठकमा संविधानको परिमार्जीत विधेयकमा संसोधनकर्ता सभासदहरुले आफ्नो धारणा राख्ने छन ।
संशोधनको प्रस्ताव दर्ता गर्ने बाँकी ६ जना सभासदले आफ्नो धारणा राखेपछि आज संशोधन प्रस्तावमाथि छलफल सकिने संविधानसभा सचिवालयले जनाएको छ ।
छलफल सकिएलगत्तै संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताहरुले संविधानसभालाई सम्बोधन गर्ने भनिएपनि त्यो भोलीका लागि सारिएको छ ।
दफबार छलफलमा भाग लिन २ सय ७८ सभासदले नाम टिपाएका छन । संशोधनकर्ता ५४ सभासदले राख्नुभएको संशोधन प्रस्तावमा ६४ जना सभासदहरुले धारणा राख्ने कार्यसुची छ , जसमध्ये हिजो ५८ जना सभासदले संशोधन प्रस्तावको औचित्यमा धारणा राखेका थिए ।
बाकी सभासदहरुले धारणा राखेपछि आज संशोधन प्रस्तावमाथिको छलफल सकिनेछ ।